सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा

२०८३ जेठ १७, ०७:१४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ।

शनिवार गरिएको विशेष चेकिङका क्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट ती सवारी साधनहरू बरामद गरिएको प्रहरीले जनाएको छ। सवारी साधन चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न र अवैध रूपमा सञ्चालित सवारी साधनहरूमाथि निगरानी बढाउन प्रदेशभर चेकिङ कार्यलाई थप कडाइ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको तथा चेकजाँच र निगरानीलाई तीव्र पार्ने क्रममा पछिल्लो २४ घण्टाभित्र ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस