सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशीमा प्रमुख तीन दलको कार्यालय बनाउन सरकारी बजेट

२०८० मंसिर १५, ०४:३९ खबर संवाददाता

काठमाडौँः  कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ। प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधवार पारित गरेको आर्थिक वर्ष २०८०–८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै नेकपा एमाले, र माओवादी केन्द्रको कार्यालय भवन बनाउन चार करोड ७५ बजेट विनियोजन गरेका हुन्। कांग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका– २ मा  निर्माणधीन छ। पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ। गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको यो कार्यालयका लागि यो वर्ष दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा पर्छ। मदन स्मृति नाम दिइएको दुई तले भवनको पहिलो तल्लामा जिल्ला कमिटी र दोस्रो तल्लामा प्रदेश कमिटीको कार्यालय छ। त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ।

सत्तारुढ माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ। डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको यो भवन बनाउन गत वर्ष ४० लाख बजेट विनियोजन भएपनि खर्च भएन। चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ। कांग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले गरिरहेको छ। यही कार्यालयले एमालेको भवनमा तला थप्नेछ।–अनलाइन खबर
 

कमेन्ट लोड गर्नुस