सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८० मंसिर १५, १०:०७ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका थिए। बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो। घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन्।

कमेन्ट लोड गर्नुस