सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका होटल बर्गिकरण गर्दा मनपरी गरेको आरोप

२०७६ वैशाख २०, ०६:५३ खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीका होटल बर्गिकरण गर्दा मनपरी गरेको आरोप लागेको छ। खाद्य स्वच्छताको आधारमा धनगढीका होटल तथा रेष्टुराँको स्तरीकरण गरिएकोमा त्यस्मा मनपरी भएको आरोप लागेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको होटलको बर्गिकरणमा सन्तुष्ट हुने अवस्था नरहेको धनगढको होटल डिभोटीका व्यवस्थापक नरेन्द्र विष्टले आरोप लगाए। राजनीतिक दाउँपेच र आर्थिक अनियमितता गर्दै होटलको बर्गिकरण गर्दा कम स्तरको होटललाई राम्रो र स्तरीय होटललाई पनि कम स्तरको होटलमा बर्गिाकरण गरिएको आरोप पनि लागेको छ। होटलको बर्गिकरण गर्दा मनपरी गरेको भन्दै व्यवसायीहरुले यस्ले होटल व्यवसायमा गरिएको लगानी खतरामा पर्ने पनि आशंका व्यक्त गरेका छन्।

होटलको बर्गिकरण भईरहेको विषयमा होटल सञ्चालकहरुलाई जानकारी समेत नदिईको आरोप रुवस होटलका सञ्चालक प्रकाश भट्टको छ। खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुराँ स्तरीकण गर्ने निर्दे्शिका–२०७४ को अवमुल्यन भएको आरोप पनि लागेको छ। निर्देशीका अनुसार खाद्य स्वच्छता स्तर अति उत्तम भएका होटलमा ‘क’ वर्गको तीन तारे हरियो ‘स्टिकर’ टाँस्ने गरिएको छ। यस्तै उत्तम भएकमा ‘ख’ वर्गको दुईतारे हरियो ‘स्टिकर’ र सन्तोषजनकमा ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गको पहेँलो ‘स्टिकर’ टाँस्न पर्ने हो। अहिले धनगढीका होटलमा ह्वात्तै लगानी बढेको अवस्थामा होटल व्यवसाय फस्टाएकै कारण पर्यटकहरु पनि भित्रिरहेका छन्। तर बर्गिकराणमा गरिएको लापरवाहीले पर्यटक भित्रयाउन पनि समस्या हुने व्यवसायी भट्टले बताए। 

होटल, रेष्टुराँको खाद्य स्वच्छता स्तर मूल्याङ्कनका लागि ५० वटा प्रश्नावली तयार पारिएको छ। सोही आधारमा ९० भन्दा बढी अङ्क पाउने अति उत्तम ‘क’, ८० देखि ८९ भित्रको अङ्क पाउने उत्तम ‘ख’, ६५ देखि ७९ सम्म अङ्क पाउने सन्तोषजनक ‘ग’ र ५० देखि ६४ सम्म अङ्क पाउने सामान्य ‘घ’ वर्गमा पर्ने गरेका छन्। तर प्रश्न सम्वन्धीत व्यक्तलाई नगरिएको आरोप पनि लागेको छ। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले भने बर्गिकरणमा कुनै मनोमानी नभएको दावी गरे। उनले बाहिरी तथा भित्री भागको सफाई, होटल तथा रेष्टुरेन्टमा प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराहरु, लेवल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसंग ढल निकासको व्यवस्थित गरिएको छ वा छैन लगायतका ५० वटा मापदण्डमा होटलको मुल्यांकन गरिएको दावी गरे। उनले बर्गिकरणमा भान्साको अवस्था पनि हेरिएको बताए। पहिलो चरणमा धनगढीका १६ वटा होटललाई स्तरीकरण गरिएकोमा २ होटल उत्तम, ५ सन्तोषजनक र ९ सामान्य रहेको दावी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस