सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अपाङ्गता युवा उद्यमशीलता मिनी महोत्सव हुने

२०८० मंसिर १४, ०४:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव हुने भएको छ।

मंसिर १७ र १८ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा महोत्सव हुने राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले बताए। ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सवमा अपाङ्गता भएका व्यक्तिले निर्माण गरेका विभिन्न सामग्री राखिने साउँदले बताए।

महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न व्यवसायी, विद्यालयका बालबालिका र सर्वसाधारणलाई महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने अध्यक्ष साउँदले बताए। महोत्सवमा अपाङ्गगता भएक व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएक व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षेत्रका विभिन्न संस्थालाई सम्मान गरिनेछ।

महोत्सव आयोजनाबाट सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अध्यक्ष साउँदले बताए। राष्ट्रिय अपाङ्ग महासंघ, सुदूरपश्चिम प्रदेशले ३२ औं अपाङ्गता दिवसको अवसर पारेर मिनी महोत्सव आयोजना गर्न लागेको हो।

कमेन्ट लोड गर्नुस