सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनमा आँधी आउँदा  १२ जनाको मृत्यु

२०८० मंसिर १३, ०९:२८ खबर संवाददाता

एजेन्सीः युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रुससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन्।

रुसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमवार आँधीबेहरी र हिमपात भएको छ। युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रुसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भने, ’आँधीका कारण १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्।’

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौँ गाउँहरू विद्युतविहीन भएका छन्। राज्यको दक्षिणी क्षेत्रमा आँधीले पु¥याएको क्षतिका कारण अवरुद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ।

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ‘८१२ बस्ती ऊर्जाविहीन’ भएको जनाएको छ। खराब मौसमका कारण ३६८ गाउँहरूमा प्रत्यक्ष असर परेको छ भने बिग्रिएका लाइन मर्मत गर्ने क्रममा अन्य ४४४ गाउँमा बिद्युत सेवा अवरुद्ध बनेको छ। 
 

कमेन्ट लोड गर्नुस