एमाले अध्यक्ष ओली धनगढीबाट बैतडी जाँदै
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/thumb_213.jpg?itok=qg77oXcY)
धनगढीः नेकपा एमालेले बिहीबारदेखि बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राका क्रममा मंगलबार साँझ धनगढी आइपुगेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेता बुधबार बिहान बैतडीको झुलाघाटतर्फ प्रस्थान गरेका छन्।
एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको एक हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्दैछ। यात्राका क्रममा राजमार्गमा पर्ने जिल्लाहरूमा एमालेले कार्यक्रम गर्ने सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताए।
सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा कार्यक्रम हुने जैशीले बताए। १९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने नेताहरुले बताएका छन्।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)