सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थी आन्दोलित

२०८० मंसिर १३, ०१:४५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन्।

उनीहरुले विद्यालयको गेटमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन्। आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित बनेका हुन्। विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी पनि आन्दोलन गर्न पुगेका छन्। दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र कडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका छन्।

विज्ञान विषयका शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्। विज्ञान पढाउने शिक्षकको नै सरुवा भएपछि विद्यार्थीले विरोध गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले शिक्षक मिलानको क्रममा उपमहानगरपालिकाबाट दरबन्दी थप्नुपर्नेमा कटौति भएपछि विरोध भएको बताए। यस विद्यालयमा शिक्षकको दरबन्दी थप्नुपर्ने देखिएको छ तर भएकै दरबन्दी पनि कटौति भएपछि विरोध भएको हो, उनले भने। उनका अनुसार दरबन्दी कटौति गरेर शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेको बताए।

कमेन्ट लोड गर्नुस