सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्नपूर्ण हिमालबाट उद्धार गरिएका मलेसियाली डाक्टर किनको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०७:३० खबर संवाददाता

अन्नपूर्ण हिमालबाट एक साताअघि अघि उद्धार गरिएका मलेसियाका डाक्टर चिन वुइ किनको मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहीबार सिंगापुरमा मृत्यु भएको हो। उनी चिन वुइ अन्नपूर्ण हिमालमा ४३ घण्टा अलपत्र परेका थिए उनलाइ ४३ घण्टापछि नेपाली उद्धार टोलीले सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरेको थियो।

उद्धारपछि काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार गरेर थप उपचारका लागि उनलाई सिंगापुर रिफर गरिएको थियो। उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको शवलाई सिंगापुरको बुकित मेराहमा रहेको बौद्ध मन्दिरमा राखिएकोे जनाएको छ। उनी अन्नपूर्ण हिमालबाट ओर्लने क्रममा अप्रिल २३ तारिखदेखि हराएका थिए। 
 

कमेन्ट लोड गर्नुस