सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर अविनाशले गरे ‘इन्गेजमेन्ट’

२०८० मंसिर ११, ०४:३७ खबर संवाददाता

काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहराले ‘इन्गेजमेन्ट’ गरेका छन्। बोहराले प्रेमिका प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ (टिकोटालो) गरेका हुन्।

अविनाश अष्ट्रेलियामा रहेकी प्रतिज्ञासँग केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ। उनीहरूले इन्गेजमेन्ट भने काठमाडौंको सीतापाइलास्थित प्रतिज्ञाको घरमै गरेका थिए। तीव्र गतिका बलर अविनाश राष्ट्रिय टोलीमा टी– २० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चिनिन्छन्। २६ वर्षीय अविनाशले २०१९ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए।
 

कमेन्ट लोड गर्नुस