सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना हुदा दुई जना घाइते

२०८० मंसिर १०, ०७:३२ खबर संवाददाता

बझाङः बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा  गाउँपालिका–७ मा आज सुदुरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन्। घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस