सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको सपिङ मलमा आगलागी हुदा ११ जनाको मृत्यु

२०८० मंसिर १०, ०५:४७ खबर संवाददाता

एजेन्सीः पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा आगलागी भएको छ। मलमा भएको भीषण आगलागीमा परि ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए। उनले तीन जनाको अवस्था गम्भीर रहेको बताए। दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन्।
 

कमेन्ट लोड गर्नुस