सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता योगेश भट्टराईलाई गृह जिल्लामै कालो झन्डा

२०८० मंसिर १०, ०४:४० खबर संवाददाता

ताप्लेजुङमा पहिचानवादी समूहका नेता–कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवासअगाडि कालो झन्डा देखाएका छन्। नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका सचिव भट्टराईलाई उनकै निवासअगाडि  कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका छन्।

प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई पक्षबीच भिडन्त हुनबाट रोकेको थियो। पहिचान पक्षधरले एमाले कार्यालयअगाडि पनि प्रदर्शन गरिरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस