सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नेभ्लाको निःशुल्क पशु स्वास्थ्य शिविर

२०८० मंसिर १०, ११:५६ खबर संवाददाता

धनगढीः नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) को ३४ औँ स्थापना दिवसका अवसरमा जिल्ला कार्य समिति कैलालीले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ। नेभ्ला कैलालीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको सहयोग तथा विभिन्न औषधि कम्पनीको प्रायोजन र चुरे गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा गर्भा दरवार परिसरमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको हो।

नेभ्ला कैलालीका अध्यक्ष विमल जोगीको अध्यक्षतामा सम्पन्न शिविरमा प्रमुख अतिथि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थी, विशिष्ठ अतिथि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका डाक्टर लोकेन्द्र न्यौपाने, विशिष्ठ अतिथि नेभ्लाका प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष धनबहादुर चौधरी, नेभ्ला केन्द्रीय सदस्य कविराज कठायत, नेभ्ला सुप प्रशिक्षण विभाग इन्चार्ज दीपक चौधरी, भेटेरिनरी अस्पतालका डाक्टर मिलन खनाल, चुरे गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टेकबहादुर साउँद लगायतको उपस्थिति रहेको थियो।

No description available.

कार्यक्रममा गर्भा क्षेत्रका ७९ घरपरिवारका पशु चौपायाको उपचारका साथै औषधि वितरण गरिएको थियो। सोही अवसरमा घरपालुवा कुकुरलाई रेविज रोग विरुद्धको भ्याक्सिन पनि लगाइएको अध्यक्ष जोगीले बताए। कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले नेभ्लाले गाउँगाउँमा गएर विगतदेखि गर्दै आएको शिविर तथा कार्यक्रम किसानका लागि अत्यन्तै लाभदायक रहेको बताए।

यस्ता कार्यक्रमले किसानलाई लाभ पुग्ने बताउँदै उनले भने, ‘सरकारको एकल प्रयासले मात्रै नभएर विभिन्न पेशागत संघसंस्थाको सहकार्यमा किसानले लाभ पाउँदै आएका छन्। त्यसमा हामी पनि नेभ्लाले गर्ने यस्ता कार्यक्रममा सहकार्य गर्दै जानेछौँ।’ नेभ्लाले आफ्नो वार्षिकोत्सवमा मात्रै नभएर विभिन्न दिवस तथा कार्यक्रममा किसानलाई लाभ पुग्ने खालका कार्यक्रमहरु गाउँगाउँमा गर्दै जाओस् भन्दै उनले शुभकामना व्यक्त गरे। कार्यक्रमको समापनमा बोल्दै नेभ्लाका जिल्ला अध्यक्ष जोगीले किसानलाई फाइदा पुग्ने यस्ता खाले कार्यक्रमहरु नेभ्लाले गर्दै आइरहेको बताए।

कमेन्ट लोड गर्नुस