सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आँधी आउन सक्ने आशंका : ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०५:५२ खबर संवाददाता

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ। सामुद्रिक आँधी २०० किलोमिटर प्रतिघन्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले एएफपी समाचार समितिलाई उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन्।

‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ। हाल बंगालको खाडीबाट यस समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघन्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ। फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ। त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने बताएको छ।

करिब एक हजार विद्यालय र सरकारी भवनहरुमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ। छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि यस आँधीले प्रभावित पार्नसक्ने अनुमा गरिएको छ। त्यसैले ती क्षेत्रहरुमा उच्च सर्तकतामा राखिएको छ। भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ।

सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ‘ओक्खी’का कारण करिब २५० व्यक्तिले ज्यान गुमाएका थिए। त्यस्तै, ६०० व्यक्ति बेपत्ता भएका थिए। गत अक्टोबरमा पनि सामुद्रिक आँधी ‘टिल्ली’का कारण ओडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो। 
 

कमेन्ट लोड गर्नुस