सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईएसओ मान्यता प्राप्त सडक बत्ती मात्र जडान गर्न उपमहानगरको अनुरोध

२०८० मंसिर ९, ०८:५५ खबर संवाददाता

धनगढीः आईएसओ मान्यता प्राप्त सडक बत्ती मात्र जडान गर्न धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ। धनगढी उपमहानगरपालिकाले १९ वटै वडालाई आईएसओ मान्यता प्राप्त सडक बत्ती मात्र जडान गर्न अनुरोध गरेको हो। बिहीवार एक सुचना जारी गर्दै उपमहानगरपालिकाले यस्तो अनुरोध गरेको हो।

वडाहरूले वडाको बजेटबाट सूचना आह्वान गरी जडान गर्न खरिद भएका बल्बहरू गुणस्तर नभएको विषय उपमहानगरपालिकालाई जानकारी भएकाले उपमहानगरपालिकाको त्यसमा ध्यानाकर्षण भएको सूचनामा जनाएको छ।

उपमहानगरपालिकाले विद्युतीय सामग्री खरिद तथा जडान गर्दा तोकिएको स्पिेसिफिकेसन अनुसार आईएसओ मान्यता प्राप्त सडक बत्ती बल्बहरू खरिद तथा जडान गर्न अनुरोध गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा जारी सूचनामा जनाएको छ।

कमेन्ट लोड गर्नुस