सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

२०८० मंसिर ९, ०५:४८ खबर संवाददाता

नेपाल भारत मैत्री संगठनले दोस्रो अन्तरराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ।

नेपाल भारत मैत्री संगठनका अन्तरराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहले दिल्लीमा शुक्रवार कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन्। लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताबीचको सम्बन्ध अझ समधुर बनाउन मद्दत पुग्ने बताए। 

लोगोमा दुवै देशको झण्डासहित ’देश वेश भाषा अनेक फिर भी संस्कृति एक’ भन्ने नारा उल्लेख गरिएको छ। साथै लोगोमा भगवान श्रीकृष्णको नगरी वृन्दावन प्रतिविम्बित हुने मयूरको प्वाँख र बाँसुरीलाई अत्यन्त आकर्षक ढंगले प्रस्तुत गरिएको छ। 

३ दिनसम्म चल्ने कार्यक्रम आगामी पुस २१ मा शुरु हुनेछ। नेपाल र भारतका गरी करिब ५ सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने उक्त कार्यक्रममा नेपाल भारत मैत्री कन्क्लेभमार्फत दुई देशका जनताका सरोकारसँग सम्बन्धित ४ वटा कार्यपत्रमाथि छलफल गरिने संगठनका नेपाल प्रभारी अर्चना सिंहले बताइन्।

कमेन्ट लोड गर्नुस