सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जन्ती बोकेको जिप दुर्घटना

२०८० मंसिर ८, ०६:२४ खबर संवाददाता

बझाङः बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ।

शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन्।

घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ।  उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिप छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस