सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिन जोशीको रिहाइमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

२०८० मंसिर ८, ०३:२४ खबर संवाददाता

काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्। भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेको उनका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए।

जवाफमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले जोशीको रिहाइका लागि यथासक्य पहल गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा समेत गरेका थिए। यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस