सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्री धामी घोडाघोडी तालको अनुगमनमा

२०८० मंसिर ७, ०५:०७ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले घोडाघोडी ताल क्षेत्रको अनुगमन गरेका छन्। उनले जुन तरीकाले विकास हुनु पर्ने हो त्यो नभएको बताए। यसको विकासको लागी सबै जना स्थानीय एकजुट हुन आवश्यक रहेको धामीको भनाई छ। यस क्षेत्रको विकास तथा पर्यटन प्रवर्धन गर्नको लागी प्रदेश सरकार सकारात्मक रहेको समेत उनले बताए।

विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए। घोडाघोडी ताल क्षेत्रमा एकद्वारा प्रणाली  मार्फत काम हुनु पर्ने हो त्यो नभएको बताउँदै मन्त्री धामीले राज्य बाट आएका श्रोतहरूलाई सही रुपमा लगानी गर्नुपर्ने बताए। साथै उनले प्रदेश सरकार घोडाघोडी नगरपालिका सँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताए।
 

कमेन्ट लोड गर्नुस