सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ

२०८० मंसिर ६, ०७:४७ खबर संवाददाता

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधित क्षेत्र घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

झापाका व्यवसायी दुर्गा प्रसाईँ पक्ष र राष्ट्रिय युवा संघले मंसिर ७ गते एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न भन्दै स्थानीय प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनले ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वरम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ।

कमेन्ट लोड गर्नुस