सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीसँग एकता गर्न नेसपा तयार

२०८० मंसिर ६, ०५:४१ खबर संवाददाता

काठमाडौं: नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा माओवादी केन्द्रसँग एकता गर्न तयार भएको छ। लामो छलफलपछि नेसपाको सिंगो कमिटी एकताका लागि तयार भएको बताइएको छ। 

यसअघि एकताका लागि अध्यक्ष बाबुराम भट्टराईले आनाकानी गरेको बताइएपनि अन्तिम समयमा आएर तयार भएका हुन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने  निर्णय महासचिव रमेशप्रसाद यादवले जानकारी दिए। 

जसअनुसार अध्यक्ष डा भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय भएको छ। यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन्।

समितिले माओवादीसँग थप वार्ता गरेर एकताबारे टुंगो लाग्ने बताइएको छ । यसअघि दुबै पार्टीको वार्ता समिति तहमा एकता समायोजन समिति बनाउने सहमति बनेपछि नेसपाले पार्टीमा छलफल चलाएको थियो। 
 

कमेन्ट लोड गर्नुस