सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०८० मंसिर ४, १२:५१

धनगढीः कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्। कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन्।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस