सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्रुतमार्गको डोटीमा कालोपत्र, कैलालीमा तयारी

२०८० मंसिर ४, १०:०७ कमल सावद

धनगढीः धनगढी–दीपायल द्रुतमार्गको डोटीमा कालोपत्र गरिएको छ। २०७८ वैशाखमा ठेक्का सम्झौता गरिएकोमा डोटी क्षेत्रको सडक कालोपत्रको गरिएको हो। कैलालीमा १३ दशमलव चार र डोटीमा नौ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक मध्ये डोटीमा कालोपत्र गरिएको छ।

धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालय, धनगढीका अनुसार डोटीमा कालोपत्रको काम सकिएको छ। योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार डोटीमा कालोपत्रको काम पूरा भएपनि अन्य काम बाँकी छ। उनले भने, ‘सडक कालोपत्र गरिएको छ। तर, बाँकी काम गरिएको छैन। ट्राफिक सङ्केतहरू र रङ्गरोगनको काम बाँकी छ।’

धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गको कैलाली खण्डको कालोपत्रको कामसमेत थालिएको छ। रैखोलाले भने, ‘कैलाली खण्डमा पनि केही दिनमा कालोपत्र सुरु हुँदैछ। धनगढीबाट स्याउलेदेखि माथिसम्म कालोपत्रको तयारी गरिएको छ। हाटखोली क्षेत्रमा पनि तयारीमा छौ। सब बेसको काम हुँदैछ। पाँच किलोमिटर सब बेसको काम गरेको छ। बेस गर्न बाँकी छ। धनगढी–स्याउलेमा प्राइम गरिएको छ। सबै सामान जुटाएको छ। तिहार पछि कालोपत्र गर्ने भनेर प्राइम हालेको हो। यही २० गतेसम्म मात्र समय छ। कालोपत्रको काम सक्छ होला। अरू गर्न बाँकी रहन्छ होला।’

धनगढी–स्याउ–हाटखोली सडक खण्डको २०७८ वैशाखमा सम्झौता गरिएकोमा मंसिर २० गतेसम्म समय बाँकी छ। उनले भने, ‘मंसिर भित्र कालोपत्रको काम सकिन्छ। ट्राफिक सङ्केतहरू पनि राख्नु छ। रङ्गरोगन पनि गर्नुपर्ने हुन्छ। त्यो काम बाँकी रहन्छ होला। मंसिर भित्र कालोपत्रको काम मात्र पूरा हुन्छ।’ धनगढी–दीपायल द्रुतमार्गको कैलालीमा १३ दशमलव चार र डोटीमा नौ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। कैलालीमा थप ६ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो। दोस्रो चरणमा गरिएको ठेक्काको पनि सम्झौताको समय सकिदैछ। तर, बेस निर्माणको कामसमेत पूरा भएको छैन। ‘यो आर्थिक वर्षमा त्यो काम पनि पूरा हुन्छ,’ रैखोलाले भने।

धनगढी–दीयापल द्रुतमार्गको चार खण्डमा कालोपत्रको काम हुँदैछ। चारवटा कालोपत्रका बहुवर्षीय ठेक्का सम्झौता गरिएको हो। धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। २०७८ मा ठेक्का सम्झौता गरिएको थियो। निर्माण कम्पनीहरूले अहिले आएर कालोपत्रको काम थालेका हुन्। विसं २०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्याक खोल्न थालिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस