सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री साउदले गरे शुक्लाफाँटाको मुख्य प्रशासकीय भवन उद्घाटन

२०८० मंसिर २, ०८:५६ खबर संवाददाता

कञ्चनपुर: एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन्।

त्यसअवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए। सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय भएको उनले बताए।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए। भवन रु १० करोडको लागतमा निर्माण भएको हो ।  भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा  छन्।

कमेन्ट लोड गर्नुस