सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विप्लव समूह निकट शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष पक्राउ

२०७६ वैशाख १९, १२:२८ खबर संवाददाता

कञ्चनपुर प्रहरीले विप्लव समूहसंग आवद्ध अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ जिल्ला उपाध्यक्षलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बेलौरी नगरपालिकाको हात्तीबजारबाट शिक्षक संगठनका वरिष्ठ जिल्ला उपाध्यक्ष विवेक प्रसाद लम्साललाई पक्राउ गरिएको जनाएको छ।

कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले लम्सालले गाउँ टोल तथा नगरपालिकाहरुमा चन्द असुल्ने उद्देश्यले धम्की दिएर सार्वजनिक स्थानमा शान्ति भंग गर्ने कार्य गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताए। लम्सालले कर्तव्य पालनको सिलसिलामा प्रहरी टोलीलाई समेत बाधा अवरोध पु¥याउने कार्य गरेकाले पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए।   
 

कमेन्ट लोड गर्नुस