सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालसँग जापान ६७ रनले पराजित

२०८० मंसिर २, १०:२८ खबर संवाददाता

काठमाडौँ : नेपालसँग जापान पराजित भएको छ। हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको हो।

नेपालले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको छ।

नेपालका लागि अस्मिता कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने सँगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन्। जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन्।

यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा शनिवार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो।

 

कमेन्ट लोड गर्नुस