सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीषण आगलागीः सारथी अस्पताल क्षणभरमै ध्वस्त

२०८० मंसिर २, ०८:२५ खबर संवाददाता

धनगढीः धनगढीमा राति भएको भीषण आगलागीले सारथी अस्पताल प्रा.लि.जलेर ध्वस्त भएको छ। नजिककै जुत्ता चप्पलको होलसेल पसलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो। अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत आधा दर्जन बिरामीलाई राति नै अन्यत्र सारिएको थियो।

मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको जोशीले बताए। आगो निभाउने कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण तत्काल आंकलन गर्न  गाह्रो भएको बताए। आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ। 

No description available.
No description available.

No description available.

कमेन्ट लोड गर्नुस