सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाले थाल्यो घरदैलो अभियानको तयारी तीव्र

२०८० मंसिर १, ०५:४३ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानको तयारीलाई तीव्र पारेको छ। मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो।

कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रम गर्दैछ। २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो। रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन्।

‘घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ। साथै हामीले आफ्नो प्रतिबद्धता भुलेका छैनौँ। प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भनेर भन्छौँ,’ उनले भने। बुर्लाकोटीका अनुसार पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरु घरदैलो अभियान जाने छन्। रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन्। 

गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र १०७ समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो। उनीहरु सबैलाई घरदैलो अभियानमा पठाउने तयारीका लागि आज जुम मिटिङ हुने बुर्लाकोटीको भनाइ छ।

कमेन्ट लोड गर्नुस