सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोरम र नयाँशक्तिबीच एकताको तयारी

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०७:१६

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ। उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए।

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ। शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ। तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन। निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन। अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ। रासस
 

कमेन्ट लोड गर्नुस