सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल साहित्यकार शान्तदास मानन्धरको निधन

२०८० कार्तिक २९, ०८:२१ खबर संवाददाता

काठमाडौं: बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिए।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए। उनले छ दशकभन्दा बढी समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरे।

स्वर्गीय मानन्धर पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए। साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ।
 

कमेन्ट लोड गर्नुस