सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०८३ वैशाख ३, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरी स्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले बुधवार ठक्कर दिँदा घर नजिकैको सडककमा खेलीरहेकी सोही ठाउँ बस्ने ६ वर्षकि डिनल चौधरीको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा बर्दगोरिया अस्पताल बहुनियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ बस्ने ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस