सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा तास खेलिरहेका १६ जना ८६ हजारसहित पक्राउ

२०८० कार्तिक २८, ०१:४१ खबर संवाददाता

धनगढीः अछाममा १६ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन। जिल्लाको ओलीगाउँ र विनायकबाट उनीहरू पक्राउ परेका हुन्। तालको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका वडा नम्बर ९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार राति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको थियो।

पक्राउ पर्नेहरूमा घरधनी रावलसहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमानसिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन्।

यसैगरी, अछामकै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ कागतोला बस्ने बलबहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

कागतोलामा पक्राउ पर्नेहरूमा घरधनी शाहीसहित कृष्णभक्त जैसी, रमेश शाही, पदम आउजी, शेरबहादुर आउजी, खकेन्द्र तिमिल्सिना, कृष्ण बुढा, हेमन्त शाही र तुलबहादुर बुढा रहेका छन्। ओलीगाउँमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ भने ९ जनालाई इलाका प्रहरी कार्यालय विनायकमा राखिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस