सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय वन गाउँमा कुटिए नेपाली युवक

२०८० कार्तिक २७, ०१:१० खबर संवाददाता

धनगढीः सीमावर्ती भारतीय बजार वन गाउँमा एक नेपाली युवक कुटिएका छन्।

२३ वर्षीय झलक कुँवर भारतीय सीमा बजार वन गाउँमा कुटिएका हुन्। नेपालको तुलनामा लुगा महङ्गो भयो भन्दा भारतीय व्यापारीले उनलाई कुटेको हो। किनमेलका लागि वन गाउँ पुगेका उनलाई कपडा पसल सञ्चालकले टाउकोमा हानेको पीडित कुँवरले बताए। आफूले लुगा किन्दा नेपालभन्दा महँगो भएको भनेपछि व्यापारीले आफूलाई आक्रमण गरेको उनको गुनासो छ।

वन गाउँका सबै पसलका व्यापारी मिलेर आफूलाई कुटपिट गरेको उनले बताएका हुन्। भारतीय बजार वन गाउँमा नेपाली कुटिने र लुटिने गरेको यो केबल प्रतिनिधि उदाहरण मात्र हो। यसरी नै भारतीय व्यापारीबाट कुटिने र बाटोमा अन्य भारतीयबाट लुटिने गरेका घटना विभिन्न समयमा सार्वजनिक हुँदै आएका छन्।

कमेन्ट लोड गर्नुस