सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिउँदो रंगाउन नपाउदै भीमको प्रेम खोस्यो दैवले

२०७६ वैशाख १८, ०३:५५ खबर संवाददाता

दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको एउटा नेपाली गीत छ, ’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन !’ हो गीतमा भनिए जस्तै मानिसको जीवन न त सोचे जस्तो हुन्छ न सम्झे जस्तो नै। कैलालीको लम्कीका  भीमराज भण्डारीलाई पनि नियतीले अहिले यस्तै गराईदिएको छ। जीवन यात्रामा भेटिएकी सुनिता रावललाई विवाह गरेर  ल्याएको आउँदो असारमा ठिक तीन वर्ष पुग्दै थियो। लामो सयमदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको यो जोडी सिन्दुर हाल्न नपाउँदै सदाका लागि छुट्टिएको छ।

सुनिताको सिउँदोमा एक चिम्टि सिन्दुर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले नभेटिने गरी चुडेर लगेको छ। मंगलबार पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीमा बिहान क्याम्पसबाट फर्किदै गर्दा २२ वर्षीया सुनितालाई ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको छ। चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका भीमलाई  आफन्तको मृत्युले  सुनिताको सिउँदोमा सिन्दुर हाल्ने अवसर नै जुरेन।

सुनितालाई आमाबुबाको बुहारी बनाएर भित्र्याएको पहिलो वर्ष हजुरआमाको स्वर्गारोहण भयो भने त्यस यता लगातार आफन्तको मृत्यु  त मंगलबार सुनिता नै कहिल्यै नफर्किने गरी विदा भएपछि जीवनसंगीनीको सिउँदो सिन्दुरले रंगाएर जुनी जुनी संगै जिउने वाचा अपुरो भएको छ।  

काठमाडौँको कान्तिपुर ईन्टरनेश्नल कलेजमा सिविल ईन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत  भीम सुनिताले संसारबाट विदाईका हात हल्लाएको अघिल्लो दिन मात्रै लम्की पुगेका थिए। काठमाडौँबाट फर्किएकै दिन दुवै जनाले घोडाघोडी तालमा घुमफिर गर्दै अतितका कुरा सम्झेका थिए।

भीमले भने काठमाडौँबाट फर्केको त्यो दिन मध्यरातसम्म लामो सुख दुःखका कुरा साटासाट भयो, करिव ६ महिना पछिको भेटमा सुख दुःखका साथै भविष्यको योजनाका बारेमा कुरा गर्दै रात बिताएका थिए। दोस्रो दिन भीमले सुनितालाई क्याम्पस नजान आग्रह गरे तर पढाईप्रती औधी रुची भएकी सुनिता कलेज गईन्। सुनितालाई पनि काठमाडौँमै पढाउने योजना भीमको थियो।  

भीमले भने सुनिताले कलेजबाटै फोन गरेकी रहेछिन् तर मोवाईल साईनेन्समा राखेर सुतेकाले थाहा भएन तर उनको मृत्यु पछि मात्रै मोवाईल हेर्न पाए। मोवाइलमा सुनिताले पठाएको म्यासेजमा मलाई पनि हजुरसंगै काठमाडौँ लिनुहोला भनेर लेखेकी थिईन भीमले भने। तर सुनिता कहिल्यै नफर्किने गरी हिडेपछि उनको धोको पूरा गर्न भीम असमर्थ छन्। उनीसंग अब केवल सुनिताको सम्झना मात्र बाँकी छ। 

 

कमेन्ट लोड गर्नुस