सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न कैलाली प्रशासनको आग्रह

२०८० कार्तिक २७, ०८:३३ खबर संवाददाता

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ।

सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो-हल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न÷नगराउनसमेत आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस