सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्ल्याण्डद्धारा पाकिस्तानलाई ३३८ रनको लक्ष्य

२०८० कार्तिक २५, ०७:१८ खबर संवाददाता

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई जितका लागि ३३८ रनको लक्ष्य दिएको छ। कलकत्ताको इडेन गार्डेनमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३३७ रन बनाएको हो।

इंग्ल्याण्डका बेन स्टोक्सले ८४ रन बनाए। उनले  ७६ बलमा ११ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जो रूटले ७२ बलमा ४ चौका प्रहार गरी ६० रन बनाउँदा जोनी बैर्सटोले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५९ रनको योगदान गरे। डविड मलानले ३१ रन, ह्यारी ब्रुकले ३० रन र कप्तान जोश बट्लरले २७ रन जोडे।

बलिङतर्फ पाकिस्तानका हरिश रौफले ३ विकेट लिए। शाहिन अफ्रिदी र मोहम्मद वासिमले समान २÷२ विकेट लिँदा इफ्तिखर अहमदले एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस