सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका प्रेमदत्त महेन्द्रनगरबाट बेपत्ता

२०८० कार्तिक २५, ०५:४६ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका–४ बिधानगर टोलका अन्दाजी ५५ वर्षका जादु भनेर चिनिने प्रेमदत्त जोशी ३ दिन देखि सम्पर्क बिहिन भएका छन्। मानसिक सन्तुलन बिग्रेका जोशी यहि कार्तिक २२ गते भतिजा सँग उपचारका लागि महेन्द्रनगर आएका थिए।

२२ गते बिहान महेन्द्रनगर पुगेका जोशी २३ गतेबाट अहिले सम्म सम्पर्कमा नआएको उनका भतिजा प्रेमदत्त जोशीले बताए। जोशीलाई  कहि कतै कसैले भेट्टाएमा नजिकको प्रहरी कार्यालय  तथा ९८४८८४०५८३ को नम्बरमा सम्पर्क गरिदिन उनका आफ्न्तले आग्रह गरेको छन्।
 

कमेन्ट लोड गर्नुस