सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प पीडितलाई पतञ्जलि योग समितिको सहयोग

२०८० कार्तिक २५, ११:५९ खबर संवाददाता

धनगढीः जाजरकोटलाई केन्द्र विन्दु बनाएर आएको भूकम्पबाट पीडितहरुलाई पतञ्जलि योग समिति कैलालीले राहत सामग्री प्रदान गरेको छ।

पतञ्जलि योग समिती कैलालीमा आवद्ध व्यक्तिहरूबाट जनही पाँचदेखि सामर्थ्य अनुसार आर्थिक सहयोग जुटाएर योग समितिले भूकम्प पीडितहरूका लागि सहयोग सामग्री पठाएको हो। कैलालीबाट पतञ्जलि योग समितिले दुई लाख २८ हजार ७०५ रुपैयाँ नगद र ५१ वटा कम्बल सहयोग गरेको पतञ्जलि योग समिति कैलालीका युवा प्रभारी सुवास बमले बताए।

योग समितिमा आवद्ध व्यक्तिहरूबाट संकलन भएको नगद रकम र कम्बल पतञ्जलि योग समिति कैलालीका अध्यक्ष श्यामराज श्रेष्ठले पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव  मिश्रलाई हस्तान्तरण गरिएको छ। संकलन भएको सहयोग रकम र कम्बल योग समितिले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ।

कमेन्ट लोड गर्नुस