सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेनेजुएलाका विपक्षी नेता ग्वाइदोमाथि सत्ता हत्याउन खोजेको आरोप

२०७६ वैशाख १८, ०२:३५ खबर संवाददाता

भेनेजुएलामा विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति निकोलस मदुरोको विरुद्ध एक पटक पुनः मोर्चाको आह्वान गरेका छन्। उनले राष्ट्रपति मदुरोलाई हटाउनका लागि निर्णायक कारबाहीको अपिल गरेपछि हजारौंको संख्यामा सर्वसाधारणहरु सडकमा उत्रिएका छन्। राजधानी कराकसमा एक सैन्य क्याम्पको बाहिर ग्वाइदो समर्थक र सुरक्षाकर्मीबीच झडप पनि भएको छ। ग्वाइदोले मदुरोलाई हटाउन सेनासँ सहयोग मागेका छन। 

तर राष्ट्रपति मदुरोको बफादार सुरक्षाबलले निकै चातुर्यका साथ महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा लिएको छ। सैनिकहरुले प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास पनि बर्साएका छन् । केही खबरका अनुसार, प्रदर्शनकारीहरुमाथि ज्यानै जाने गरी गोली चलाउँदा पनि उनीहरु हार मान्न तयार छैनन्। 

भेनेजुएलाका सेना प्रमुख भ्लादिमिर पड्रिनोले सेना राष्ट्रपति मदुरोको साथ रहेको जनाएका छन्। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने, ‘सेनाले नागरिकमाथि बल प्रयोग र्गयो भने त्यो निकै ठूलो गल्ती हुनेछ।’ रुस र टर्कीले पनि ग्वाइदोमाथि आरोप लगाउँदै उनले भेनेजुएलामा हिंसालाई बढवा दिने काम गरिरहेको बताएको छ। बोलिभिया र क्युबाजस्ता ल्याटिन अमेरिकी देशले पनि ग्वाइदोको आलोचना गरेका छन्। ग्वाइदोले विदेशी हितको लागि सत्ता पल्टाउने कोसिस गरिरहेको बताएका छन।
 

कमेन्ट लोड गर्नुस