सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा होटल सञ्चालकसहित तीन जना पक्राउ

२०८० कार्तिक २२, ०८:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की मंगलबार साँझ पक्राउ परेका हुन्। गोप्यसूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागूपदार्थ चरेश फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट २.०७ ग्राम लागूऔषधसहित बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र सोही ठाउँका २४ वर्षीय दिल्ली राज भाटलाई पनि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

यी दुबैजनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको बताएको छ। यी दुबै युवकबाट स्कुटी एक थानसमेत नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस