सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथद्धारा भूकम्प प्रभावितका लागि नगद जम्मा 

२०८० कार्तिक २१, ०९:३६ खबर संवाददाता

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोटका भूकम्प प्रभावित नागरिकहरुलाई सहयोग पुर्याउन नगद राहत दिएको छ।

गाउँकार्यपालिकाको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए। गाउँकार्यपालिकाले जाजरकोटमा ७५ हजार र रुकुमपश्चिममा ५० हजार आर्थिक सहयोग पठाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार दुवै जिल्लाको विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए। विपद्को समयमा सबै मिलेर सहयोग गर्नुपर्ने भएकाले गाउँपालिकाका तर्फबाट सहयोग गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।

गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने भूकम्पका कारण सैयौं संरचना क्षति भएको छ। 

कमेन्ट लोड गर्नुस