सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति आज भूकम्पप्रभावित क्षेत्र जाने

२०८० कार्तिक २१, ०७:२४ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन्।

राष्ट्रपति बिहान १०ः१५ बजे भूकम्पप्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो।

मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्। जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।

कमेन्ट लोड गर्नुस