सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइटीकाको साइत १०ः५१ मा

२०८० कार्तिक २०, १०:३२

काठमाडौंः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधवार १०ः५१ बजे शुभ रहेको जनाएको छ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि सुरु हुने छ। तिहार नेपालीको दोस्रो ठुलो चाड हो। नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। तिहार पाँच दिनसम्म मनाउने गरिन्छ। रासस

 

कमेन्ट लोड गर्नुस