सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट झन्डै चार लाखका सामान बरामद

२०८० कार्तिक २०, ०९:५६ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट झन्डै चार लाखका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बडारा नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका ५९ हजार २ सय मुल्य बराबरको लेडिज सुट, प्लाजा, चिनी, चकलेट, मिठाई, धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अन्दाजी १ लाख मूल्य बराबरको लेडिज सुट, तामाको करुवा, ईलेक्ट्रोनिक दियो, दिपावलीका अन्य सामान, धनगढी–७ मनहेराबाट ६ हजार मूल्य बराबरको चिनी र धनगढी–९ बाग्राकटानबाट ७ हजार ५ सय मूल्य बराबरको माछाको सिद्रा आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका वडा नम्बर-६ बनखेतबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३४ हजार ६ सय १० मूल्य बराबरको चिनी, गुड, बेसन, दाल, मिश्रीको धुलो, पापड, बिडी, पेठा लगायतका सामान र भीमदत्त नगरपालिका-१० बिद्यूत कार्यालय अगाडीबाट अन्दाजी ५५ हजार मूल्य बराबरको कस्मेटिक सामान र पटाका गरि दुबै जिल्लाबाट जम्मा ३ लाख ६२ हजार ३ सय १० मूल्य बराबरको सामान आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस