सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माओवादीका गाउँ कमिटी सचिव पक्राउ, २५ लाख ठगी!

२०८० कार्तिक १९, ०२:३९ खबर संवाददाता

धनगढीः कैलालीमा माओवादीका एक गाउँ कमिटी सचिव पक्राउ परेका छन्।

माओवादी केन्द्रका जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक दहित, मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरीविरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि चम्फा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भन्दै जानकी गाउँपालिका किसानबाट करिब २५ लाख ३७ हजार र कृष्णपुर कञ्चनपुरका किसानबाट समेत रकम संकलन गरि ठगी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए।

उनका अनुसार कैलाली जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ। यस कार्यमा संलग्न रञ्जित र रघुनाथ भने फरार छन्। उनीहरुको पनि खोजी कार्य भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस