धनगढीको कपडा बैंकलाई सहयोग

२०८० कार्तिक १८, ०४:३९
धनगढीः धनगढीको कपडा बैंकलाई कपडा दान गरिएको छ। शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाँडीको एकता टोल बस्ने लक्ष्मीदत्त भट्ट र श्रीमती गिता कापडीले कपडा दान गरेका हुन्।
उनीहरूले धनगढीको शिवपुरी धाम परिसरमा रहेको कपडा बैंकलाई विभिन्न किसिमका २७ थान कपडा प्रदान गरेका हुन्। कपडा बैंकलाई प्रदान गरिएका कपडा असहाय र विपन्न वर्गलाई निःशुल्क वितरण गरिँदै आएको छ।
.gif)


कमेन्ट लोड गर्नुस