सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पाँच दिने योग विज्ञान शिविर सुरु

२०८० कार्तिक १८, १२:४३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी माध्यमिक विद्यालयको खेल मैदानमा पाँच दिने बृहत् योग विज्ञान शिविर सुरू भएको छ।

शनिवार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले योग शिविरको उद्घाटन गरेकी हुन्। कात्तिक २२ गतेसम्म चल्ने बृहत् योग विज्ञान शिविरमा पतञ्जलि योग समितिका नेपाल प्रभारी योग गुरु लवदेव मिश्रले प्रशिक्षण दिने छन्।

शनिवार तीन सय बढी व्यक्तिले योग प्रशिक्षण शिविरमा सहभागिता जनाएका छन्।आयोजना गरिने पतञ्जलि योग समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस