सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

२०८० कार्तिक १८, ०७:३८ खबर संवाददाता

जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा गएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रभावित क्षेत्रतर्फ गएका हुन्। साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस