सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरबाट बजार अनुगमन तीब्र, १२ पसल दर्ता नगरेरै सञ्चालनमा

२०८० कार्तिक १७, ०५:३७

डबल बम, धनगढीः धनगढी उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षण हित समितिले कार्तिक १५ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर १५ मा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा ती वडाभित्र रहेका १२ वटा पसल दर्ता नगरेरै सञ्चालनमा रहेको फेला परेको छ। बजार अनुगमन टोलीले वडा नम्बर ५ मा रहेको होटल ज्योतिलाई ७ दिनभित्र आफ्नो व्यवसाय वडा कार्यालयमा दर्ता गर्न सुझाव दिएको छ। त्यस्तै, ओम चौधरी ट्रेडर्स, कुमारी ट्रेडर्स, सेती काष्ट तथा स्टिल फर्निचर उद्योग सञ्चालकहरूलाई  पनि ७ दिनभित्र व्यवसाय दर्ता गर्न सुझाव दिएको छ।

किसान फुड्स, मोति डेरी एण्ड स्विट्स, पन्त किराना पसल, माइला किरान पसल, लाल कैलाश एग्रोभेट, माइला तरकारी तथा फलफूल पसल, विपिन होटल तथा नास्ता पसल, चन्द किराना पसललाई पनि ७ दिनभित्र दर्ता गर्न सुझाव दिइएको छ। अनुगमनको क्रममा अल्का ट्रेडर्सलाई भाडाको १० प्रतिशत रकम वडालाई बुझाउन तथा सरसफाईमा ध्यान दिन समेत सुझाव दिएको छ।

द नाग्लो क्याफेलाई पनि सरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ। धनगढी उपमहानगरको ४ नम्बर वडामा कार्तिक १४ गते गरेको अनुगमनमा ८ पसल दर्ता नवीकरण बिना नै सञ्चालन भइरहेको पाइएको छ। दर्ता बिना सञ्चालनमा रहेका ८ पसललाई ७ दिनभित्र वडा कार्यालयमा दर्ता गर्न सुझाव दिइएको छ।

चौधरी हार्डवर एण्ड सप्लायर्स, न्यु एस उमेश स्टोर, रावत तरकारी तथा फलफूल स्टोर, न्यु दिपक स्टोर, विकास शाह स्टोर र न्यु भण्डारी अण्डा पसललाई ७ दिनभित्र दर्ता नवीकरण गर्न सुझाव दिइएको छ। सोही वडामै रहेका शिरिशा ट्रेड लिङ्क प्राली र मष्टा बन्डाली ट्रेडर्सलाई दर्ता नवीकरण गर्न सुझाव दिइएको छ।

यसैगरी, दुर्गा ट्रेड एण्ड कन्सर्न, मल्ल किराना पसललाई पेय पदार्थको कारोबार थप गर्न लिखित निर्देश दिइएको छ भने लेवल नभएका सामान अलग राख्न सुझाव दिइएको छ। यस्तै, जय वजरगं ट्रेडर्स र नवल जनरल स्टोर एण्ड सप्लायर्सलाई भने प्याकेजिङ्गको लागि सम्बन्धित निकायबाट अनुमति लिन सुझाव दिइएको छ।

कमेन्ट लोड गर्नुस